Tue. Jul 23rd, 2024

असाेज १६ ; उमा पाैडेल ( रेखा ) माेरङ्गकाे सुन्दर हरैचा नगरपालिका ३ अाईतबारेमा बाेक्सीकाे अाराेपमा मैला माथि कुटपिट भएकाे छ । स्थानीय २९ बर्षीय धनहिरा राईले छिमेकी ३८ बर्षीय महिला माथि बाेक्सीकाे अाराेप लगाउदै कुटपिट गरेकी छन । पिडित पक्षले हिजाे बिहान घटनाकाे भिडियाे सहित प्रहरी कार्यलय पुगेकी थिईन । पिडित पक्षले किटानी जायरी दिएपछि प्रहरीले कुटपिटमा संलघ्न धनहीरालाई नियन्त्रणमा लिएकाे छ । अाफ्नाे शरीरमा धामी उत्रिएकाे भन्दै थाल बजाएर मंगलबार साँझबाट चिन्ता बसेकी थिईन । त्यही चिन्ता हेर्न अाएकी छिमेकी महिलालाई धनिहिराले बुधबार बिहान ४:३० बजे तिर बाेक्सीकाे अाराेप लगाउदै कुटपिट गरेकाे प्रहरीले जनाएकाे छ । धामी बस्दा प्रयाेग गरेकाे त्रिशुलले उनीमाथि प्राहार गरेकी थिईन । त्रिशूल प्राहारबाट महिलाकाे पेट , हात , काँध , पाखुरा लगायत शरीरका विभिन्न भागमा चाेट लागेर रगत बगेकाे प्रहरीले जनाएकाे छ । चिन्ता बसेकाे ठाँउमा अाएर जथाभाबी गरेकाे र बाेक्सीकाे तन्त्र – मन्त्र गर्दै धामी बिध्यामा असर पुर्याएकाे भन्दै अाफुलाई धनसरीले कुटपिट गरेकाे पिडित महिलाले बताएकी छिन । कुटपीट गर्दै महिला बिरुद्ध बाेक्सीकाे अाराेपकाे कसुरमा कार्वाही अगाडि बढाउन थप अनुसन्धान थालिएकाे ईलाका प्रहरी कार्यलय बेलबारीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *