Tue. Feb 27th, 2024

बोक्सीको आरोपमा निर्घात कुटपिट

Bydipak oli

२०७७ आश्विन ४, आईतवार १४:४५ गते २०७७ आश्विन ४, आईतवार १४:४५ गते २०७७ आश्विन ४, आईतवार १४:४५ गते

असाेज ४ उमा पाैडेल ( रेखा )। सिराहाकाे नवराजपुर गाउपालिका ५ कुसुन्तिकि ४५ बर्षीय मुर्तिदेवी यादब माथि बोक्सीको आरोप लगाइ स्थानियहरु मिलेर निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट घाईते मुर्तिदेवीलाई बिपी काेईराला बिज्ञान प्रतिस्ठान धरानमा उपचार भईरहेकाे पिडितका अाफन्तहरुले जनाएका छन ।

गाउमा एक जना बिरामी भएकाे र अर्काे एक बच्चा चट्याङ लागेर मृत्यु भएकाे बिषयमा मुर्तिदेवीले टुनामुना गरि बाेक्सी लागेकाे अाराेप लगाउदै स्थानीयबासी धर्मलाल यादव ,उनका छाेरा सन्ताेस यादव ,साेही ठाउका देवनाथ यादब , किस्न यादव र डाेम्ना यादप मिलेर मुर्तिदेवीलाई निर्घात कुटेका थिए । घरमा सुति रहेकाे अवस्थामा मध्य रातमा स्थानीय बासीहरुले तथानाम गाली गलाैज गर्दै घरबाट बाहिर निकालेर सडकमा लगी मरणास्न्न हुने गरि कुटेर खेतमा लगेर फ्याकेकाे र उल्टै कुटपिट गर्नेहरुले प्रहरीमा उजुरी दिए चाेरीकाे अाराेपमा फसाउने धम्की दिएकाे मुर्तिकलाका छाेरा गनेश यादवले बताएकाे जिल्ला प्रहरी कार्यलय सिराहाले जनाएकाेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *