Mon. Dec 2nd, 2024

एलिन के सी
दाङ तुल्सिपुर उपमहानगरपालिका ३ भगवती प्रा.वि. डाँडाखुट्टी ( कुट्टी) ले नयाँ अनुहार फेर्न सफल भएकाेछ । सम्पुर्ण अभिभावकहरुले “आफ्नाे विद्यालय आफै बनाउ,” भन्ने उदेश्यले विद्यालय मर्मत कार्यमा जुटेपछि भगवती प्रा.वि. डाँडाखुट्टी ( कुट्टी) ले नयाँ अनुहार फेर्न सफल भएकाे हाे । अभिभावक तथा प्रतापकाेट नगर स्वास्थ्य केन्द्र प्रतापकाेटका प्रमुख वसन्त वलीले २०४९ सालमा स्थापना भएकाे यश विद्यालयमा स्थानीय तथा वडा सरकार बाहेक कसैले पनि चासाे नदिदा विद्यालय दिनप्रतिदिन नाजुक अबस्थामा पुगेकाे थियाे । हामी सम्पूर्ण अभिभावकहरुले श्रमदान गरेर विद्यालयले नयाँ अनुहार फेर्न सफल भएको बताएका छन् । उनी भन्छन् : विगतकाे समयमा विद्यालयपनि जिर्न अबस्थामा थियाे, विद्यार्थीहरु पनि थिएन्न । विद्यालयमाबस्ने अबस्था जस्तो पनि थिएन् । विद्यालयकाे स्तर उन्नतिका लागि नत कुनै राजनीतिक दलहरुले दिए, नत कुनै सम्बन्धित सराेकारवाला निकायले नै । विद्यालयकाे स्तर उन्नतिका लागि स्थानीय सरकार तथा वडा सरकारले मात्र दियाे । उनी अगाडि भन्छन् : त्यतीले नपुग्ने भएपछि हाल आएर हामी सम्पूर्ण अभिभावकहरु, स्थानीयबासी हरु “आफ्नाे विद्यालय आफै बनाउ,” भन्ने उदेश्यले विद्यालय मर्मत कार्यमा एकजुटकासाथ लागेकै कारण आज आएर विद्यालय अनुहारमा परिवर्तन भएको छ । हामीहरुले विद्यालयमा सबै सामानहरुकाे मर्मत कार्य अगाडि बढाएपछि हाल आएर विद्यार्थीकाे संख्या बिगतकाे भन्दा बढेर एक सय बढी भएकाेछ । नयाँ – नयाँ शिक्षकहरुकाे पनि आगमन भएको छ । पढाइ पनि अन्य विद्यालय भन्दा गुणस्तर छ । अझैपनि यश विद्यालयकाे स्तर उन्नतिका लागि विभिन्न सम्बन्धित सराेकारवाला निकायहरु, विभिन्न राजनितीक दलहरुले समयमै आर्थिक, भाैतिक र नैतिक रुपमा हाम्रै विद्यालय हाे भन्ने सम्झेर सहयाेग गरेमा भगवती प्रा.वि डाँडाखुट्टी (कुट्टी) दाङकै एक नमुनामय विद्यालय बन्न सफल हुने अभिभावक तथा प्रतापकाेट नगर स्वास्थ्य केन्द्र प्रतापकाेटका प्रमुख वसन्त वलीले बताएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *