२२भदौ। विश्वमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङख्या अमेरिकापछि अब भारतमा धेरै भएको तथ्याङ्कले देखाएको छ।यसअघि सङ्क्रमित हुनेको सङ्ख्या भारतमा भन्दा ब्राजिलमा बढी थियो।अहिले भारतमा सङ्क्रमित हुनेको सङ्ख्या ४२ लाख पुगेको छ भने त्यहाँ सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ७२ हजार नाघेको छ।
भारतमा एकैदिन ८६ हजार सङ्क्रमित थपिए ९८० जना सङ्क्रमित, ९ को मृत्यु देशको जनसङ्ख्याको हिसाबले कोभिडका कारण मानिसको मृत्यु हुने सङ्ख्या तुलनात्मक रूपमा भारतमा कम मानिन्छ।तर तीव्र गतिमा भाइरसको सङ्क्रमण ग्रामीण भेगसम्म फैलिँदै गएपछि चिन्ता बढेको छ।