Mon. Dec 2nd, 2024

असोज२२। यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ब्ल्याक होलबारे अनुसन्धान गरेका तीन वैज्ञानिकले जितेका छन् ।रोजर पेनरोज, राइनहार्ड गेन्जेल र आन्द्रिया गेजले सन् २०२० को प्रतिष्ठित पुरस्कार पाएका हुन् । एक करोड क्रोनर रकमको उक्त पुरस्कार विश्वभर प्रतिष्ठित मानिन्छ ।

बीबीसीका अनुसार बेलायती वैज्ञानिक रोजर पेनरोजले अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्तकै आधारमा ब्ल्याक होल हुने पुष्टि गरेका थिए।गेन्जेल र गेजले आकाशङ्गाको केन्द्रमा एउटा विशाल ब्ल्याक होल भएको प्रमाण खोजेका थिए। गत वर्ष भने सोही शीर्षकमा जेम्स पीबल्सलाई ब्रह्माण्डको क्रमविकास तथा मिशल मेयर र डिडिएर क्वेलोजलाई सूर्यजस्तो एउटा तारानजिकको एउटा ग्रह पत्ता लगाएकाले पुरस्कार दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *