Fri. Mar 28th, 2025


देउखुरी,१५ जेठ ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले गणतन्त्र दिवसको शुभकामना दिनुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै मास्कीले जेठ १५ जनताको जित भएको विशेष दिन रहेको बताउनुभयो । १० बर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन एवं विभिन्न संघर्षहरुबाट नै नेपाली जनताका प्रतिनिधिमार्फत् २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र घोषणा गरिएको बताउनुभयो ।“यो महान उपलब्धीलाई संस्थागत गर्ने जिम्मा हाम्रो काँधमा आएको छ । गणतन्त्रलाई संस्थागत गर्ने, संविधानको कार्यान्वयन गर्ने र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरेअनुसार कार्यान्वयन गर्नु राज्यको कर्तब्य हो।”,उहाँले बक्तब्यमा भन्नुभएको छ“संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने छ । त्यसमा लुम्बिनी प्रदेश सरकार दत्तचित्त भएर लागेको छ ।”

साथै उहाँले संविधानको मर्म र भावना अनुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा आग्रह समेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *