Fri. Oct 4th, 2024

माग भन्दा बढी आवेदन दर्ता, चैत १५ गतेदेखि छनौट परीक्षा हुने १३-चैत सिता योगी / आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दाङमा म्यादी प्रहरीको छनौट परिक्षा यही चैत्र १५ गतेदेखि हुने भएको छ । जिल्लामा १६ सय म्यादी प्रहरीको माग भएपनि सात हजार छ सय ६३ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए । प्रवक्ता रिजालका अनुसार आइतबार आवेदन दिएकालाई प्रवेश पत्र वितरण गरिएको छ । जिल्लामा ५ हजार ४ सय ६२ जना पुरुष र दुई हजार दुई सय एक जना महिलाले म्यादी प्रहरीका लागि आवेदन दिएको प्रवक्ता रिजालले बताए । छनौट परीक्षा तीन सिफ्टमा संचालन हुने उनले बताए । यही मंगलबार १५ गते बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म छनौट परीक्षा हुने छ । साथै परीक्षा नेपाल पुलिस स्कूल घोराहीमा हुने प्रवक्ता रिजालले जानकारी दिए । प्रवक्ता रिजालले दरखास्त दिएका सबैलाई आफ्नो क्रम अनुसार चैत १५ गते बिहान ६ बजे सक्कली नागरिकता र प्रहरीले जारी गरेको प्रवेश पत्रसहित उपस्थित हुन आग्रह गरे ।

Bydipak oli

Mar 27, 2022

माग भन्दा बढी आवेदन दर्ता, चैत १५ गतेदेखि छनौट परीक्षा हुने

१३-चैत सिता योगी / आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दाङमा म्यादी प्रहरीको छनौट परिक्षा यही चैत्र १५ गतेदेखि हुने भएको छ । जिल्लामा १६ सय म्यादी प्रहरीको माग भएपनि सात हजार छ सय ६३ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

प्रवक्ता रिजालका अनुसार आइतबार आवेदन दिएकालाई प्रवेश पत्र वितरण गरिएको छ । जिल्लामा ५ हजार ४ सय ६२ जना पुरुष र दुई हजार दुई सय एक जना महिलाले म्यादी प्रहरीका लागि आवेदन दिएको प्रवक्ता रिजालले बताए ।

छनौट परीक्षा तीन सिफ्टमा संचालन हुने उनले बताए । यही मंगलबार १५ गते बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म छनौट परीक्षा हुने छ । साथै परीक्षा नेपाल पुलिस स्कूल घोराहीमा हुने प्रवक्ता रिजालले जानकारी दिए ।

प्रवक्ता रिजालले दरखास्त दिएका सबैलाई आफ्नो क्रम अनुसार चैत १५ गते बिहान ६ बजे सक्कली नागरिकता र प्रहरीले जारी गरेको प्रवेश पत्रसहित उपस्थित हुन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *