Fri. Dec 13th, 2024

उमा पाैडेल ( रेखा ) भाद्र ३०। मापदण्ड बिपरित सेनिटाईजर उत्पादन गरि बिक्री बितरण गर्ने सुनसरीकाे नर्सिङ गाउपालिका ४ मा रहेकाे सीता हर्बल केमिकल उद्याेग सञ्चालक उमानन्द यादवलाई नेपाल अौषधी ब्यवस्था बिभाग बिराटनगरले कार्वाही गरेकाेछ । गुणस्तरहिन सेनिटाईजर उत्पादन गरि मापदण्ड बिपरित मिथलनेल स्प्रिड हालेर सेनिटाईजर उत्पादन गरि बिक्री गरेकाे पाए पछि नेपाल अाैषधी ब्यवस्था बिभाग बिराटनगरले उद्याेग बन्द गर्न निर्देशन दिएकाेछ । उद्याेगले उत्पादन गरेकाे सेनिटाईजर माेरङ्ग र सुनसरीमा बिक्री गर्दै अाएकाे थियाे । मिथलनेल प्रयाेग गरेकाे सेनिटाईजर प्रयाेग गर्दा स्वास्थ्यमा प्रतिकुल असर गर्ने बिभागले जनाएकाेछ । बिसाक्त पदार्थ मिसावट गर्ने उद्याेगलाई अाैषधी ऐन ,उपभाेक्ता हित संरक्षण ऐन र जनस्वास्थ्य ऐन अन्तरगत क्षति पुर्तिकाे जरिमाना तिर्नुपर्ने र उद्याेग बन्द गराउने बिभागले जनाएकाेछ । ७०-८० % ईथानाेल सेनिटाईजर बनाउनु पर्नेमा सीता हर्बल केमिकल उद्याेगले मिथानेल स्प्रीडकाे मात्रा बढी हालेकाे पुष्टि भएकाेछ जस्ले गर्दा छालामा नराम्राे असर गर्ने बिज्ञ डाक्डरले बताएका हुन । सेनिटाईजर तयार गरेपछि उद्याेगले पुन त्यसकाे गुणस्तर परिक्षण गरेर मात्रै बजारमा लैजाज पाउने मापदण्ड रहेकाे अाैषधी ब्यवस्था बिभाग बिराटनगरले जनाएकाेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *