Sun. Jun 16th, 2024

कार्तिक ३०।

तुलसीपुर उपमहानगरपालिका वडा नं ७ गणेशपुरमा रहेको राप्ती शान्ति उद्यानमा शान्तिका अग्रदुत भगवान गौतमबुद्धको प्रतिमा अनाबरण कार्यक्रम आज सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोख्रेलले आज एक कार्यक्रमका बीच पार्कमा नब निर्मित बुद्धको प्रतिमा अनवरण गर्नु भएको हो।
उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुजिता शाक्य, लुम्बिनी प्रदेशसभा सदस्य बिमला कुमारी ओलि, धमकली चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले छ -छ महिनामा सरकार परिवर्तन गर्दै पदिय मोह प्राप्त गर्न बानी परेका ब्यक्तिहरुले सरकारलाई बदनाम गराउन लागि परेको आरोप लगाउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *