Thu. Mar 27th, 2025

पुष 9 दाङ । सहित कृष्ण मिडिया द्रारा संचालित सयपत्री दोहोरी घर र दियालो अन्लाईन डट्कमले आफू पनि बच्चौ अरुलाई पनि बचाउ भन्ने मुल उद्देश्यका साथ आज मृगौला पीडित लगायत विभिन्न गरिब दुखी लाई एक औपचारिक कार्यक्रम सहित खाद्यान्न बस्तु र लत्ताकपडा सहयोग गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख अतिथिमा उक्त कार्यक्रम संचालन गरिएको थियो ।

प्रमुख अतिथि समेत रहनु भएका खड्काले आफ्नो मनतव्य राख्दै दियालो अनलाइन ले गरेको यो महान कार्य प्रति आफ्नो तर्फबाट र नगरपालिकाको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको थियो ।

एक फरक प्र.न राख्दै खड्काले मानिस हरु मन्दिर गएर मुर्ति मात्र पुजेर धर्म नहुने बताउनु भएको हो । अहिलेको यो समयमा मानिस हरु पैसाको पछि दौडिरहेको छन् तर यो टिम गरिब दुखी को पछि दौडिरहेको हुदा उक्त टिमलाई आफुले र नगरपालिकाले सके जति सहयोग गर्ने पनि बताउनु भएको हो ।

यस्तै दियालो अन्लाईन डट्कम का संस्थापक अध्यक्ष दिपक वलीले उक्त टिमले दुइ बर्ष भित्र करिब करिब २५ लाख जति सहयोगी सामान हस्तान्तरण गरेको पनि बताउनु भएको छ । हिजो कोरोनाको बेला कालिकोट जुम्ला लगायत विभिन्न जिल्ला हरुमा उक्त सहयोग हस्तान्तरण गरेको पनि उहाले बताउनु भएको हो । यस्तै उहाले आफुहरुले संचालन गरेको उक्त अभियान लाई विभिन्न क्षेत्रहरू बाट सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा राख्नुभएको छ ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा नगर प्रमुख टिकाराम खड्का , द लिडिङ नेपालका प्रधान सम्पादक जित जंग वली , लगायत विभिन्न अग्रज व्यक्तित्वहरू सहभागीमा हुनुहुन्थ्यो ।
उक्त कार्यक्रमको संचालन दियालो अन्लाईन डट्कम का सह-सम्पादक के.बि वलीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *