कालिकोट : मेचिमहाकाली बुहारी संयुक्त आवाज द्वारा कालिकोट जिल्ला सान्नी तृबेणी गाउँपालिका वडा न. 2 स्थित दुर्गम लेखबाट बस्ती लाइ २ थान स्टेचर सहयोग गर्नु भएको छ । प्राइम टाइम्स टेलिभिजन नेपालका स्थानीयबासी पत्रकार रमेश बहादुर बुढाको बिशेश पहलमा उक्त स्टेचर पहल उपलब्ध भएको हो। मेचिमहाकाली संयुक्त आवाज कि केन्द्रिय अध्यक्ष यमु शर्मा शुब्बाले उक्त स्टेचर सहयोग गर्नु भएको हो । उक्त संस्थाकी अध्यक्ष ले भन्नू भयो हामीले पिडा र शोषण मा परेका महिला होस यो पुरुष बाल होस या बृद्दा सबैलाई सहयोग गर्दै आएको छौ ।त्यो बाहेक अत्यन्त समस्यामा परेका लाई आर्थिक खाद्यान्न तथा अन्य सहयोग गर्दै आएको उहाँले बताउनु भएको छ।मेचिमहाकालीबुहारी संयुक्त आवाज नामक संस्था हाल नेपालीको ५४ जिल्ला शाखा कार्यालय स्थापना भइ सकेको छ।