असाेज १३ ; उमा पाैडेल (रेखा) । माेरङ्गकाे उर्लाबारीमा हाेटल सञ्चालकाे कुटाईबाट ग्रहाककाे मृत्यु भएकाेछ । उर्लाबारी ७ मा रहेकाे युनिक हाेटल सञ्चालक २६ बर्षका गाेपाल तामाङकाे कुटाईबाट भारतकाे दार्जेलिङ घर भई हाल उर्लाबारीमा सुन चाँदी पेसा गर्दै अाएका ३५ बर्षीय सुशील मल्लिककाे मृत्यु भएकाेछ । अाईतबार राती मादक पदार्थ सेवन गरि मल्लिक र उनकै श्रीमती बिच बिबाद भई झगडा गरिरहेकाे अवस्था हाेटल सञ्चालक तामाङ्ग छुट्याउन गएका थिए यसै क्रममा तामाङ्गले मल्लिकलाई कुटेका थिए । अनुसन्धानकाे क्रममा तामाङ ती दम्पतिकाे बिबाद भए पछि छुट्याउने क्रममा धकेला धकेली हुदा मल्लिक लडेर बेहाेस भएकाे कुरा प्रहरी उपरिक्षक सन्ताेष खड्काले बताउनु भएकाेछ । मल्लिककाे लडेर टाउकाेमा गम्भीर चाेट लागेकाे र मल्लिकलाई अाईतबार राती नै उर्लाबारीकाे गाेदाबारी अस्पताल पुर्याईएकाे थियाे । गाेदाबारी अस्पतालमा उपचार सम्भब नभए पछि थप उपचारका लागि साेमबार बिहान करिव ७ बजे तिर झापाकाे B & D अस्पताल लगिएकाे थियाे तर B & D मा पनि उपचार गर्न नसकिने बताए पछि मल्लिकलाई भारतकाे सिलिगुडी लगिएकाे थियाे तर सिलिगुडीमा मल्लिककाे उपचारका क्रममा मृत्यु भएकाेछ शब नेपाल ल्याउन पहल भईरहेकाे प्रहरी उपरिक्षक खड्काले बताउनु भएकाेछ । प्रहरीले तामाङ्गलाई नियन्त्रणमा लिई सकेकाे कुरा ईलाका प्रहरी कार्यलय उर्लाबारीले जनाएकाेछ ।