Fri. Oct 4th, 2024

असाेज १५ “” उमा पाैडेल ( रेखा ) झापाकाे बिर्तामाेडमा रहेकाे नादेब लघुबित्त बितिय संस्थाले कृते कागज बनाई रकम हिनामिना गरेकाे स्वीकार गरेकाेछ । धादिङ्काे गजुरी स्थित केन्द्रीय कार्यलयले एक बिज्ञप्ति निकाल्दै बिर्तामाेड उपशाखाबाट कम्जाेरी भएकाे स्वीकार गरेकाेछ । संस्था उपशाखा बिर्तामाेडका कर्मचारीले बिभिन्न महिला सदस्यहरुकाे नाममा क्रितिया कागज बनाई २३,६२,६९१ रुपया हिनामिना गरेकाे केन्द्रीय कार्यलयले स्वीकार गरेकाे छ । नादेब लघुबित्तकाे ठगी धन्दा समुहकाे सदस्यहरुकाे हस्ताक्षर क्रितिया गरि लाखाै ऋण देखिएकाे समाचार विभिन्न सञ्चार माध्यममा प्रसारण भए पछि कार्यलयका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र कार्कीले ध्यान अाकर्षण पत्र मार्फत उपशाखाका कर्मचारीले गल्ती गरेकाे स्वीकार गर्नु भएकाे हाे । झापामा ६ वटा शाखा कार्यलय रहेकाे छ भने उपशाखाका बिर्तामाेड प्रमुखकाे जिम्बेवारी रहेका डम्बर बहादुर राजबंशी ले संस्थाकाे नीति नियम बिपरित कम ब्याज असुली देखाई गैरकानुनी रुपमा १०७७६७ रुपया हिनामिना गरेकाे अान्तरिक लेखा परिक्षण कार्यलयमा अवराेध गरेकाे र अान्तरिक लेखा परिक्षणलाई कुटपिट गर्ने कार्यमा समेत सम्लघ्न भएकाेले उनलाई गत २०७६/०७/१४ बाट बर्खास्त गरिएकाे ध्यान अकर्षण पत्रमा उल्लेख गरिएकाेछ । बारदशी गाउँ पालिका ६ का महिलाहरुलाई संस्थाका कर्मचारीहरुले क्रितिया कागज बनाई ऋण दिएकाे र लिएकाे भन्दै असुलीका लागि ताकेता गरे पछि संस्थाले ठगी गरेकाे घटना बाहिर अाएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *