Fri. Jan 24th, 2025

रमेश जैसि दाङ तुलसीपुर २० बिहिवार : देउडा गायक तथा सर्जक राजेन्द्र रावतको “माया रैजाउ जुनिजुनी” गीत सार्वजनिक भएको छ। रावतले शब्द संगीत गरेको गीत बिहिबार राजेन्द्र रावत युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

गीतमा पछिल्लो समयमा नेपाली देउडा क्षेत्रमा राम्रो छवी बनाइसकेका मिठो स्वका धनी सुनिल नेपाली र लक्ष्मि नेपालीले आवाज दिएका छन् । गीतको शब्द संगीत रावत स्वमले गरेका हुन् । राजेन्द्र बाजुरालीले म्युजिक एरेन्ज गरेको यो गीतको निदेर्शन पनि रावतले नै गरेका छन् । गीत मालाश्री रेकर्डिङ स्टडीयोमा रेकर्ड गरिएको हो । गीतमा अभिनय उनले आफैले गरेका छन् ।

यस्तै अभिनयमा हास्यकलाकार किरण थापाले पनि साथ दिएका छन् । लामो समय देखी नेपाली गीत संगीत क्षेत्रमा अहोरात्र लागिरहेका रावतले यस अघि पनि बिपन्न बर्गका कथा बस्तुलाई चित्रण गरेर गीत तयार पार्दै आएका छन् । उनका गीतहरु बिशेष गरी दुःख पीडा अअभावहरु संग सम्बन्धित नै हुनछन् ।दुर्गमको बाजुरा जन्मिएका रावतले ग्रामीण भेगको तितो यथार्ततालाई गीत मार्फत दर्शकहरुलाई देखाउन खोजेको यस अघि सार्वजनिक भएका गीतहरु मार्फत पनि बुझ्न सकिन्छ ।

यस अघि पनि प्रदेशिको कथा व्यथामा आधारित थुप्रै गीतहरु बजारमा ल्याएका रावतले यो गीतमा भने अभावमा पनि जिउन सक्नुपर्छ, प्रदेश नगएर नि गाँउमै केही गर्नुपर्छ, गाँउमा थुप्र आधारहरु छन्, अर्काको देशमा खर्चिने श्रम आफ्नै देशमा खर्चिनुपर्छ अभाबमा पनि त खुसी हुन सकिन्छ भन्ने सनदेश दिन खाजेको रावतले बताएका छन् । विगतका गीतहरु भन्दा यो गीतमा थप अपेक्षा गरेको रावतले बताएका छन् ।

पछिल्लो समयमा नेपाली देउडा गीत मात्रै नभई अन्य बिधाका गीतहरू संग पनि जोडिएर काम गर्ने रावत नेपाली सांगीतिक क्षेत्रमा राम्रो दख्खल राख्ने व्यक्ति हुन् ।उनले करिब ३ दर्जन बढी देउडा गीतको लय शब्द गरिसकेका छन् ।

पछिल्लो समयमा उनी आफै पनि गीतमा आवाज दिदै आएका छन् । उनले आधुनिक, लोकदोहोरी, देउडा ठाडी भाका, पप आदि गीतहरुको रचना गर्दै आएका छन् । नेपाली सांगीतिक क्षेत्रका उच्च तहका व्यक्तिहरु संगसहकार्य गरेर काम गर्दै आएका रावत दर्शकहरुले रुचाउँने मध्यको एक हुन् । रावतले वर पिपल दालीको नामक देउडा गीत मार्फत आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए । उनका करिब ३ दर्जन बढी गीतहरू बजारमा छन् । गीतमा आवाज समेत दिने रावत गीतको लय शब्द , निर्देशन, अभिनय पनि गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *