Sun. Jun 16th, 2024

तुलसिपुर,२४/दिपक ओलि राप्ती राजमार्गमा आज शनिबार बिहान ट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते हुनुभएको छ । दुर्घटनामा ट्रकका चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ३१ वर्षीय गणेश विक, सोही ठाउँका ३२ वर्षीय ईश्वर चन्द, ४० वर्षीय नातिराम चौधरी र ट्रकका सहचालक सल्यान जिल्ला बागचौर नगरपालिकाका २१ वर्षीय रोशण सुनार घाइते हुनुभएको हो । घाइतेमध्ये चन्द र सुनारको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो । चालक विक र चौधरीको अवस्था मध्यम रहेको सिंहले बताउनुभयो । घाइतेको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ । तुलसीपुरदेखि सल्यान खाद्यान्न बोकेर जाँदै गरेको लु १ ख ४३६६ नम्बरको ट्रक तुलसीपुर वडा नम्बर ४ सात तले स्थित खोलाको पुलबाट खसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *