
नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने काउन्टर खुला गर्न बैंकहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकसहित राजस्व कारोबार गर्ने बैंकका शाखा तथा काउन्टरहरु मंगलबार, बुधबार र बिहीबार खोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो।राष्ट्र बैंकले क्लियरिङ सेवा दिने काउन्टर र नेपाल क्लियरिङ हाउस पनि खुला गर्न निर्देशन दिएको हो।
कोरोना जोखिम बढेपछि हाल उपत्यकासहित देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा र लकडाउन जारी छन्। निषेधाज्ञा तथा लकडाउनका कारण बैंकको सेवा पनि प्रभावित छ।