Wed. Jul 24th, 2024

टंक मल्ल / १० जेठ ,दाङ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ३ सिरखाेला निवासी दल बहादुर साहु र दिलसरा साहु दुबै अशक्त छन् । श्रीमान् बाेल्न नसक्ने छन भने श्रीमती सुस्त मनस्थितिकी र एक हात र एक नचल्ने अपांग छन्। अर्काको घरमा बस्दै अाएका छनभने अाफ्नाे बस्ने घरबासै छैन । घरमा खाने अनाज,भाँडाकुँडा लगाएतका कुनै सरसामान नभए पछि दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीकाे पहलमा लगाउने कपडा , खाना पकाउने भाँडाकुँडा,खाद्यान्न सामाग्री,तरकारी, कपडा धुने सावुन सरप लगाएतका सामग्रीहरू अशक्त जाेडी कहाँ गएर हस्तान्तरण गरिएको छ ।
पञ्चकाेसी सप्लायरर्स का प्राेप्राईटर तथा अजम्बरी कृषि सहकारी संस्थाका उपाध्यक्ष रामकुमार अाेली र प्रतीक्षा अाेली काे तर्फबाट खाना पकाउने भाँडाकुँडा सहयोग गरिएको थियोे ।
त्यस्तै प्रशुन ट्रेडर्स का प्राेप्राइटर प्रकाश अाेझाकाे तर्फबाट दुवै जनालाई लगाउने लत्ताकपडा, तन्ना र बर्की सहयोग गरिएको थियोे भने अजम्बरी कृषि सहकारी संस्थाका सदस्य तिल बहादुर अालेकाे तर्फबाट साबुन ,खाद्यान्न र तरकारी सहयोग गरिएको थियो ।

दुबै जना असक्त, अपांग भएकोले उहाँको जीवन गुजारा निकै कष्टकर भएकाे र बस्ने
बासको पनि व्यवस्था नभएको हुनाले छिटोभन्दा छिटो गास,बास र कपास काे बन्दाेबस्ताे गराईदिनुपर्ने अपरिहार्य भएकाे र केही सहयोग अाएकाे छ र केही अाउने क्रममा रहेको ले सम्पूर्णले सहयोग गरिदिन त्यस ठाउका युवा समाजसेवी रमेश अाेलीले दियालो अनलाइन लाई जानकारी दिनुभयो ।

दियालो अनलाइन बाट प्रधानसम्पादक दिपक अाेली, देवेन्द्र के सी सुशान्त मल्ल लगाएतकाे टिम गएर राहत वितरण गर्दा ती दम्पती खुसीले रमाउदै नाचेका थिए भने अझै अाफुलाई खाना पकाउने ग्यास, अाेड्ने अाेछ्याउने लत्ताकपडा अावश्यक परेकाले सहयोग गरिदिन अपिल गरेका थिए ।
सहयोगका लागि ग्लोबल आई मि बैकमा रहेको गोपाल गिरि नाममा रहेको खाता नम्बर 5707010008204 साथै हाम्रो फोन नम्बर ,9863152123,9866854083 मा सम्पर्क गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *