Wed. Nov 13th, 2024

रुकुम पश्चिम, २० पुष

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सामाजिक अपराध न्युनिकरणकाे लागि जिल्ला स्थित विभिन्न विद्यालयहरुमा जनचेतनामूलक कक्षाहरु संचालन गर्न थालेकाे छ । भविष्यका समाज निर्माता बालबालिका तथा विद्यार्थीहरुलाई कानुनले बन्देज गरेका गतिविधि बारे जानकारी गराई सभ्य समाज निर्माणमा सहयोग गर्न प्रहरीले यस्तो अभियान सुरु गरेको हाे ।गाउँ समाजमा कुनै घटना घटे १०० मा प्रहरीलाई निशुल्क कलमा खबर गर्न,बाल विवाह,मानव अधिकार ,छुवाछूत आदि विषयमा प्रहरीले विद्यार्थीलाई जानकारी दिदै आएको हाे । यस्तै लागू ओैषध ,दुर्व्यसन,आदि कुरा हरु काे विषयमा पनि प्रहरीले विद्यार्थीहरुलाई जानकारी गराउछ । प्राप्त समाचार अनुसार हालै पुष १५ देखि पुस २० गते सम्म यस्तो कक्षा सम्पन्न भएको कार्यालयले जनाएको छ ।विगतमा पनि यस्ता जनचेतनामूलक गतिविधिहरु विद्यालय स्तरमा प्रहरीले संचालन गर्दै आएको थियोे । जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाइका वडा एरिया अन्तर्गत रहेका बिद्यालय तथा सार्वजनिक स्थानहरुमा आत्महत्या दुरुत्साहान ,बालबिवाह नियन्त्रण र जातिय छुवाछुत भेदभाव सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गरेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरि प्रबक्ता तथा प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिएका छ्न । प्रहरी निरीक्षक कपिल शाहिले जनता माध्यमिक विद्यालय मुसिकोट खलंगामा ६ देखी १२ सम्मको विद्यार्थीलाई बालबिबाह न्यूनीकरण आत्महत्या लागु औषध लगाएतको बिषयमा जानकारी मुलक कार्यक्रम सप्पन्न गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *