Sun. Jan 19th, 2025

१६भदौ। मंगलवारदेखि रोल्पा कोरोना संक्रमणमुक्त जिल्ला भएको छ। रुन्टीगढी गाउँपालिकाका एक संक्रमित डिस्चार्ज भएर घर गएसंगै यहाँ कोरोना संक्रमितको संख्या शुन्य भएको हो। जिल्ला स्वास्थ्य प्रमुख अनिल केसीका अनुसार अब अर्को केस नआएमा रोल्पा कोरोना मुक्त जिल्ला बनेको छ।

जिल्लामा तयार गरिएको अस्थायी आईसोलेशन केन्द्रले १५ गते राति एक विज्ञप्ति निकाल्दै पहिलो संक्रमित भेटिएको ८२ औ दिनमा १ जना ब्यक्ति कोरोना भाईरसबाट मुक्त भई डिस्चार्ज भएको जनाउदै अबबाट जिल्लामा संक्रमित नभएको जनाएको छ। गत जेठ २९ गते ३ जनामा संक्रमण देखिएसंगै जलजलन बहुमुखी क्याम्पसमा तयार गरिएको अस्थायी आईसोलेशन केन्द्र ७५ जना संक्रमितलाई राखि सकिएको थियो।

संक्रमित शुन्य भए पनि जिल्ला कोभिड संकट ब्यबस्थापन समितिको निर्णय अनुसार अस्थायी आईसोलेशन केन्द्रलाई चौबिसै घण्टा तयारी अबस्थामा राखिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *