Sun. Feb 9th, 2025

घोराही, २९ पुस । लायन्स क्लव अफ घोराही सिटीले घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित आधारभूत विद्यालय सवारीकोटमा सेनेटरी प्याड सहित शैक्षिक सामाग्री उपलब्ध गराएको छ ।
क्लवका संस्थापक मेल्भीन जोन्सको सम्झनामा घोराही सिटीले छात्राहरुलाई महिनावारी भएको समयमा पनि विद्यालय नियमित आउने बाताबरण होस भन्ने उदेश्यले पुनः प्रयोगमा ल्याउन सकिने एक सय पिस सेनेटरीप्याड उपलब्ध गराएको हो । त्यसैगरी, अति विपन्न परिवारका बालबालिकालाई सहयोग पुुग्ने गरी कापी र सिसा कलम उपलब्ध गराएको छ ।
त्यसैगरी, कोरोना संक्रमण र धुुलोबाट बचाउन मास्क समेत विद्यालयमा हस्तान्तरण गरिएको हो । लायन्स क्लव अफ घोराही सिटीका कार्यबहाक अध्यक्ष पवन योगीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमुुसंगम घर्तीलाई ति सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा सिटीका पूर्व अध्यक्ष विमल श्रेष्ठ, वर्तमान कोषाध्यक्ष सनत गिरी, नेपाल पत्रकार महासंघ दाङका सचिब आरके सितल, नेपाल महिला सामुुदायिक सेवा केन्द्रका मनोबिर्सकर्ता लक्ष्मी ढकालले स्वास्थ्य र शिक्षा क्षेत्रमा लायन्सको सहयोगले महत्वपूणर् भूमिका खेल्ने बताउनुुभयो ।
कार्यक्रमको सहजिकरण लायन्स रविकिरण केसीले गर्नुभएको थियो । लायन्स क्लवका बर्षेनी विभिन्न क्षेत्रमा सहयोग सँगै सामाजिक कार्यमा जोडिदै आएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *