Tue. Jul 23rd, 2024

टंक मल्ल, १९ जेठ तुलसीपुर उपमहानगरपालिका वडा नं ३ सिरखाेला झरना टाेल निवासी अशक्त जाेडी दलबहादुर साहु र दिलसरा साहुकाे घर ३ नं वडा अध्यक्ष विजय वि क ले सिलान्यास गर्नुभएको छ । त्यस क्षेत्रका युवाहरू र वडा अध्यक्षकाे सक्रियतामा र पहलमा विभिन्न सहयोगी दाताहरूकाे सहयोगबाट उक्त घर निर्माण हुन लागेको हाे । वडा अध्यक्षकाे पहलमा २८ थान जस्तापाता यश अघि नै हस्तान्तरण गरिसकिएको थियोे । ती दुई दम्पतीकाे एक छाेरी छन् । छाेरीलाई रानागाउँ अाधारभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चेतमान सेजुवालले त्यस विद्यालयमा अध्ययन गर्दा सम्म निशुल्क पढाउने प्रतिबद्धता गर्नुभएको छ । विभिन्न दानदाताहरूकाे सहयोग र वडा अध्यक्षकाे सहयोगमा हामी युवाहरूले निजको घर सबैले श्रमदान गरेरै भएपनि सम्पन्न गर्ने अठोट गरेका छाैं । निर्माण समितिका अध्यक्ष विप्लव वलीले बताउनुभयो । उक्त घर निर्माण गर्न केही सहयोग र पहलकदमी गरिरहेकाे र अझै दियालो अनलाइन डट कम काे तर्फबाट जस्तोसुकै सहयोग गर्न अाफुहरू तयार रहेको प्रधान सम्पादक दिपक वलीले बताउनुभएको छ । सिलान्यास कार्यक्रममा समाजसेवी झविलाल घिमिरे पनि उपस्थित हुनुभएको थियोे । युवाहरू विप्लव वली,संकर भुसाल,टेकराज के सी र रमेश वली लगाएतका युवाहरूले सहयाेगी दाताहरूलाई सहयोग गर्न चाहेमा ९८५७८३१००८,९८४७८७६०६४ सम्पर्क गर्न अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *