टंक मल्ल/९ जेठ , दाङ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ३ लाहुरे चाैर सिरखाेला स्थित दलबहादुर साहुकाे परिवारलाई वडा अध्यक्ष विजय वि क द्वारा २८ थान जस्ता पाता हस्तान्तरण गरिएको छ ।
विगत १० वर्ष देखि त्यस ठाउँमा बसाेबास गर्दै अाएका ती दुई दम्पती अर्काको घरमा बस्दै अाईरहेका थिए । श्रीमान् दलबहादुर साहु बाेल्न नसक्ने र श्रीमती सुस्त मनस्थितिकि भएको हुनाले गुजारा चलाउन निकै समस्या परेको छ ।यसैैगरी दियालो अनलाइनका प्रधान सम्पादक दिपक ओलिले नगद रु एक हजार सहयोग प्रदान गर्नुभएको थियो ।
त्यस क्षेत्रका युबाहरूकाे सक्रियतामा सामाजिक सञ्जालमा सहयोगकाे लागि अपिल गरिएको थियोे ।
सम्पूर्ण युवाहरू र स्थानीयकाे सहभागीतामा जनस्रमदान गरेर बर्षा सुरू नहुदै उनिहरूकाे घर निर्माण गरिदिने समाजसेवी चेतमान सेजुवालले जानकारी गराउनुभएकाे छ ।
विप्लव वली,टेकराज के सी र संकर भुसाल लगाएतका युवाहरूले अार्थिक संकलनकाे लागि देश विदेशमा पहल गरिरहेका र सहयोग हुने अाश्वासन पनि पाएकाेले दानदाताले दिएको रकम जस्ताको त्यस्तै वितरण गर्ने र सरसामान किनेर घर निर्माण गरिने युवाहरूकाे भनाई छ ।
खाने अन्न लागाउने कपडा र खाना पकाउने भाँडाकुँडा समेत अाफुहरूसंग नभएको हुनाले सहयोग गरिदिनकाे लागि निजकी श्रीमती दिलसरा साहुले अनुराेध गर्नुभएको छ ।
साथै अध्यक्ष वि कले खाद्यान्नका सामाग्रीहरू ल्याएर हस्तान्तरण गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
युवाहरूले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दान दाताहरूलाई सहयाेग गरि हाम्रो अभियान लाई सफल पारिदिनकाे लागि अनुराेध समेत गर्नु भएको छ ।