(रमा बुढा मगर)
तुलसिपुर फाल्गुण १८/२०७८, तुलसिपुर उपमहानगरपालिका को अति विकट वडा वडा नं ३ को ठाँटीगाउ खोलामा पक्की पुल बन्ने भएको छ! तुलसिपुर पुर्वाधार बिकास प्राधिकरणले उक्त पुल बनाउन लागेको कुरा तुलसिपुर उपमनपा का
मेयर घनश्याम पाण्डे ले राप्ती पहिचान लाई बताए! २०७४ को स्थानिय तहको चुनावका समय म त्यस क्षेत्रमा भोट माग्न जाँदा त्यस
भेगका जनताले ठाँटीगाउ खोलामा पक्की पुल को माग राखेकोमा आफुले चुनाव जिते उक्त ठाँउमा पक्की पुल बनाइदिने वाचा गरेको थिए, वाचा गरे अनुसार मेरै कार्यकालमा ठाँटीगाउ खोलामा पुल बनाउने निर्णय गरि निर्माण कार्य अघि
सल्याभ हाल्न तैयार पक्की पुलको दुई पिलर हरु।
बढाएका हौँ पाण्डे ले भने! म अध्यक्ष भएको हाम्रो वडा नं ३ तुलसिपुर कै अती विकट वडा हो यहाँ बिकास निर्माण गर्न अत्यन्तै मुस्किल छ तै पनी मेरो वडाको बिकास निर्माण का लागी म संघर्षरत छु, मेयर साहब पनि यो वडाको बिकास निर्माणका लागी सकारात्मक हुनुहुन्छ वडा नं ३ का वडा अध्यक्ष वीर बहादुर बि क (बिजय) ले राप्ती पहिचान लाई बताए।मैले २०७४ सालमा चुनाव लड्दा यस वडामा नेकपा एमालेको संगठन अलिक कम्जोर थियो,तै पनि मैले नै चुनाव जितें किन भने यस
ठाँटीगाउँ खोला।
वडाका जनताले बिजय ले केही गर्न सक्छ भन्ने विश्वास मानेर भोट दिएकाले मैले पनी वडावासी को बिश्वास लाई टुट्न नदिन दिन रात वडाको बिकासका लागी खट्दै आएको छु उनले अगाडी भने।उक्त खोलामा वर्षायाममा खोला तर्दा २ जनाले ज्यान गुमाइ सकेका छन भने प्रत्यक वर्षा याममा खोला तराउदा स्थानियका भैंसी गाई गोरु बाख्रा बग्ने गर्दथे! २० मिटर लम्बाइ ११.७ मिटर चौडाइ डबल लेन भएको पक्की पुल निर्माण गर्न ३ करोड ५० लाख नबढ्ने गरि टेन्डर खोलेकोमा प्रतिस्पर्धा बाट नेपालगञ्जको भैरव नारायणम JV नामक ठेकेदार निर्माण कम्पनीले भ्याट बाहेक २ करोड १८ लाखमा ठेक्का सकार गरी ठाँटीगाउ खोलामा पक्की पुल बनाउने
काम भइ रहेको छ तुलसिपुर उपमहानगर का इन्जिनियर पवन योगी ले राप्ती पहिचान लाई बताए। माओवादी ले चलाएको जनयुद्दकालमा यस ठाँउका वासिन्दा लाई खोला तर्न सजिलो होस भनेर तत्कालिन विद्रोही माओवादी ले त्यस ठाँउमा २५ मिटर लामो १.५ मिटर चौडा र १५ फिट अग्लो काठे पुल बनाइ दिएको थियो।अचम्म अप्ठेरो थियो वर्षायाममा खोला तर्दा ज्यानको खतरा थियो पुल बन्न लागे पछी अचम्म खुशी लागेको छ स्थानिय जीवन के सी ले हामिलाइ भने! माओवादी ले बनाइदिएको काठे पुल जिर्ण भइ सकेको थियो पुल तर्दा कति बेला दुर्घटना हुने हो भन्ने डर लागि रहन्थ्यो पक्की पुल बन्न सुरु भए पछी खुशी लागेको छ,अर्का स्थानिय लोक बहादुर के सी ले हाम्रा शमाचारदाता लाई भने!