Fri. Jan 24th, 2025

जेष्ठ-२३। दाङभरका वन प्राविधिक हरुको साझा संगठन वन प्राबिधिक समाज दाङ ले आफ्नो प्राविधिक पाटो संगसंगै यस कोरोना र लकडाउनको विपत्ति ले गर्दा कोरोना पिडित तथा दैनिक ज्याला मजदुरी गरिखाने परिवार लाई परेको समस्या लाई ख्याल राख्दै वहाहरुको दुखसुख को सारथि बन्न केहि सानो प्रयास स्वरुप खाद्यान्न तथा राहत वितरण को कार्यक्रम सुरु गरेको हो ।

यसै सन्दर्भमा आज जेठ २३ दाङमा प्रकाश ढकाल लगायतको टिम र देउखुरीमा सोनिया भुषाल लगायतको टिमले कोरोना र लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी गरिखाने, शारीरिक अशक्तता तथा आर्थिक विपन्नता भई दुई छाक टार्न समेत खाद्यान्न अभाव भई सहयोग को आशैआशमा कष्टकर जिवन बिताइरहेका राप्ती गाउँपालिका लमहिका ६ परिवार र तुलसिपुर वडा नं ५ र ६ का ३ परिवारलाई गरि जम्मा ९ परिवारलाई प्रति परिवार १ बोरा चामल ५ किलो दाल,२ किलो नुन र १ लिटर तेल राहत स्वरुप सहयोग गरेको छ ।

केहि समय अगाडी मात्र सुरुवात भएको उक्त अभियान सक्रिय रुपमा पिडितको पहिचान र राहत वितरण मा अनवरत रुपमा खट्दै आएको छ।

यस अभियानले आजका दिनसम्म दाङको तुलसीपुर, घोराही लमही तथा बबई का विभिन्न वडाहरुमा रहेका करिव ४० परिवार लाई सहयोग वितरण गरिसकेको छ ।

आशा छ हाम्रो यो सानो सहयोगले वहाहरुको दैनिकि थोरै भएपनि सहज हुनेछ ।

साथै कहि कतै कसैलाई सहयोग चाहिएमा तुरुन्त सम्पर्कमा आउन तथा वास्तविक पिडित लाई सम्पर्क मा ल्याएर सहजिकरण गरिदिन सम्पूर्ण मिडियाकर्मी तथा आम नागरिक मा वन प्राविधिक समाज दाङ हार्दिक अपिल गर्दछ।
९८२८८९७७३२, ९८६५१७४१७० (संयोजक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *