Sat. May 18th, 2024

जेष्ठ-१४ । दाङ
वन प्राविधिक समाज दाङले मानब सेवा
आश्रम तुल्सिपुरलाइ भाेजनसेवा ब्यबस्थापनका लागी नगद प्रदान गरेको छ ।विश्वव्यापी महामारीको रुपमा फैलिरहेकाे काेराेना भाईरसकाे कहर दिन प्रतिदिन बढेसँगै गत बैशाख १७ गते देखि लक डाउनको स्थिति सृजना भएकाे कारणबाट मानव सेवा आश्रम तुल्सिपुरआइ सेवामा केही कठिनाई महसुस भईरहेकाे सन्दर्भमा दिन दुखिहरुकाे सेवा भावलाई नजिकबाट महशुस गर्दै एक छाक भोजन सेवाको लागि नगद सहयाेग उपलब्ध गराएको हो । सेवाको सहजीकरण तुलसिपुर ७ निवासी जीवन देवकोटाले गर्नु भएको थियो । वन प्राविधिक समाज दाङ यस्ता महामारी मा सधैं दुखी पीडितहरुको सारथि बनेर अगाडि बढ्ने जनाएको छ र दाङमा त्यस्ता कोहि वास्तविक पिडितहरु भए जानकारी गराउनु हुन अनुरोध गरेको छ र आफ्ना सम्पुर्ण सहयोगी हात हरु लाई ह्दयदेखि कृतज्ञता ब्यक्त पनि संस्थाले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *