Fri. Jan 24th, 2025

जेष्ठ३, दाङ ।

योङ कम्युनिस्ट लिग नेपाल (YCL) दाङको जिल्ला कार्यालय टिमको बैठक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) दाङको जिल्ला सचिब तुलसिराम पुन कं (सुबास) को प्रमुख आथित्यमा र संगठनका केन्द्रीय सचिबालय सदस्य कं प्रबिन वलि ,केन्द्रिय सदस्य तथा दाङ जिल्ला ईन्चार्ज कं सरोज पन्थ ,केन्द्रीय सदस्य कं दिपसिखा जि.एम को विशेष आतिथ्यमा र ३वटा संघीय निर्वाचन क्षेत्र तहको क्षेत्रीय ईन्चार्ज सम्योजक र १० वटा स्थानीय पालिकाहरुको ईन्चार्ज संयोजकहरु सहितको भर्चुअल बैठक सम्पन्न भएको छ।

उक्त बैठकमा प्रत्येक संघीय क्षेत्रका ईन्चार्जको मातहतमा संयोजकको कमान्डमा साथै प्रत्येक स्थानीय पालिकाहरुमा ईन्चार्जको मातहतमा संयोजकको कमान्डमा प्रत्येक पालिकाहरुले YCL ले सामाजिक दुरि कायम गरि सहयोग गर्ने निर्णय गरेको हो । यस बन्दाबन्दी को समयमा विभिन्न मानिसलाई अनेक अप्ठ्यारो पर्न सक्छ र परिराको छ पनि यसै कुरा लाई मध्यनजर गर्दै YCL ले अप्ठ्यारोमा परेकालाई मद्दत गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *