Sun. Jun 16th, 2024


बैशाख ,४
तुलसीपुर दाङ।

योङ्ग कम्युनिस्ट लिग (YCL) दाङले एकै दिन तुलसीपुर वडा नम्बर १७,१८र १९ मा सम्मेलन कार्यक्रम सम्पन्न गरेको छ।तुलसीपुरका सबै वडा र टोलहरुमा संगठन बिस्तार गर्ने कार्यक्रममा आज १७,१८र १९ नम्बर वडामा गरेको हो।नवीन खड्का को अध्यक्षतामा बसेको कार्यक्रममा प्रमुख अथिती ने.क.पा माओबादी लुम्बिनी प्रदेश सदस्य राम बहादुर दहित ले आफुले सोचे जस्तो समृद्धि र सुखी नेपाल बनाउन YCL सदस्यहरुको खाचो रहेको बताउनु भयो। बर्तमान समयमा देशमा बाहिरी शक्तिको हस्तक्षेप बढी रहेको र बर्तमान सरकारले नेपालको संविधान नै धरापमा पारेको र अब YCL कमिटी देशभर बिस्तार गरि जनता र संविधान को रक्षा गर्ने बताउनु भयो।उक्त भेलाले YCl वडा न:१७को अद्क्ष्यमा नवीन खड्का ,१८ नम्बर वडा को अद्क्ष्यमा नकस पुन र १९ नम्बर वडा अध्यक्षमा श्रीधर बिश्वकर्मा सहित प्रत्येक वडामा ३१ जना सदस्यहरु चयन गरेको छ। कार्यक्रमको सहजीकरण YCL दाङका रबिन बस्नेत ले गर्नुभयको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *