Sat. May 18th, 2024

बैशाख २, तुल्सिपुर दाङ ।
योङ्ग कम्युनिस्ट लिग (YCL) नेपालले तुलसीपुर वडा नम्बर ५ मा वडा सम्मेलन कार्यक्रम सम्पन्न गरेको छ।तुलसीपुरका सबै वडा र टोलहरुमा संगठन बिस्तार गर्ने कार्यक्रममा आज ५ नम्बर वडा बाट सुरु गरेको हो।कर्मादेबी बि.क को अध्यक्षतामा बसेको कार्यक्रममा प्रमुख अथिती ने.क.पा माओबादी नगर कमिटी अध्यक्ष खुसिराम चौधरीले बर्तमान समयमा देशमा बाहिरी शक्तिको हस्तक्षेपले गर्दा नेपालको संविधान नै धरापमा रहेको र अब YCL कमिटी देशभर बिस्तार गरि जनता र संविधान को जगेर्ना गर्ने बताउनु भयो।उक्त भेलाले YCl वडा न:५ को अध्यक्षमा दिबेश परियार,उपाध्यक्षमा भरत वलि र सचिबमा सिर्जना वलि सहित ३१ जना सदस्य चयन गरेको छ। कार्यक्रमको सहजीकरण YCL जिल्ला प्रचार बिभाग प्रमुख दिपक वलि ले गर्नुभयको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *