राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति तथा नेपाल सरकारका तत्कालीन गृहमन्त्री रबि लामिछानेको संसद पद तथा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद स्वत: खारेज हुने भएको छ। यहीँ क्रममा चौतर्फी पक्ष र कोहि विपक्ष बीच दोहोरी चलिरहेको छ ।
यहीँ क्रममा नेपाल कम्युनिस्ट पाटी निकट अखिल (क्रान्तिकारी) तुलसीपुर नगर अध्यक्ष के.बि वलीले सामाजिक संजाल आफ्नो फेस्बुक मार्फत रबि लामिछाने संगै क्रान्ति गर्न आग्रह गरेका छन् । उनिले आफ्नो फेस्बुकामा लेख्दै रबि लामिछाने लाई भनेका छन् आउनुस् रबि दाइ अब संगै क्रान्ति गरौ लेखेका छन् ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा संलग्न संवैधानिक इजलासले शुक्रबार उनीविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुनेे ठहर गरेका हुन् ।
लामिछाने लाई गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा चिवतन–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा उनीसँग नेपाली नागरिकता नभएको भन्दै उनको उम्मेदवारी नै खारेजी गर्न माग गर्दै अधिवक्ताहरू रविराज बसौला र युवराज पौडेलले रिट दायर गरेका थिए । रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस ६ मा कारण देखाऊ आदेश जारी गरेको थियो । साथै, अन्तरिम आदेशमार्फत् लामिछानेलाई सांसद्का रूपमा कामकाजमा रोक लगाउन माग गरिएको सन्दर्भमा पुस २२ गते शुक्रबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
त्यसदिन सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि अग्राधिकार दिँदै अन्तिम सुनुवाइका लागि माघ ११ मा पेस गर्न आदेश दिएको थियो । माघ ११ गतेदेखि यस मुद्दाको संवैधानिक इजलासमा भएको बहसपछि शुक्रबार इजलासले नागरिकता अवैध ठहर गर्दै आदेश दिएको हो