Wed. Apr 23rd, 2025

तुलसीपुर, १० फागुन । तुलसीपुर–५ श्रद्धानगरमा रहेको शारदा सिस्ने बोर्डिङ स्कुलले १७ औं वार्षिकोत्सब मनाएको छ । संस्थापक देवबहादुर वलीको अध्यक्षता तथा राष्ट्रिय सभा पुर्व सदस्य कोमल वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वलीले सस्कार सहितको शिक्षाको आवश्यकता रहेको बताउनुभयो । उहाले सस्कार सहितको ब्यवहारिक शिक्षा विद्यालयबाटै दिन आग्रह समेत गर्नुभयो

कार्यक्रममा नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपाने, बालसहारा इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल शालिकराम कार्की लगायतले विद्यालयको प्रगतिको शुभकामना दिनुहुँदै देश हाँक्ने जनशक्ति निर्माणमा जोड दिनुभयो । कार्यक्रममा विद्यार्थीले निर्माण गरेका विभिन्न सामग्रीको प्रर्दशन गरिनुका साथै नृत्य प्रस्तुत गरेका थिए । जीवन डाँगीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सरिता शर्मा र संजय बर्माले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *