Mon. Dec 2nd, 2024

रुकुम पश्चिम
पौष १४ मनोज डाँगी

केपी ओली नेतृत्वको सरकारले पौष ०५ गते गरेको संसद विघटनको विरुद्धमा नेपाली कांग्रेस रुकुम पश्चिमले रुकुम सदरमुकाम खलंगामा बिरोध प्रदर्शन गरेको छ । प्रतिगमनका विरुद्ध पुस १३ गते देश व्यापी विरोध सभा गर्ने नेपाली काँग्रेस केन्दीय समितिे निर्णय बमोजिम आज सोमबार रुकुम पश्चिममा काँग्रेसले जिल्लामा विरोध प्रदर्शन गरेको हो । सर्वसत्तावादी ओली सरकार मुर्दावाद, प्रतिगमन मुर्दावाद, लगायतका नाराहरु सहित रुकुम पश्चिममा कांग्रेसले विरोध र्‍याली गरेको हो । नेपाली काग्रेस पार्टी कार्यालय बाट सुरु भएको कालिका थान जिल्ला प्रशासन जिल्ला प्रहरी कार्यालय हुदै तल्लो बजार हुर्दै पुषप्लाल चोक सहिद गेट पुर्न कालिका थान आइ बाल मन्दिरमा आएर कोणसभामा परिणत भएको थियो । नेपाली काँग्रेस रुकुम पश्चिमका पार्टी सभापति प्रेम प्रकाश ओलिको सभापतित्वमा भएको कोणसभालाई सम्वोधन गर्दै वक्ताहरुले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै ओलीले देशलाई प्रतिगमन तर्फ धकेल्न खोजेको बताएका छन् । साथै उक्त कार्यक्रममा स्थानीय सरकार प्रदेश सरकारले गरेको भष्टचार विरुद्ध आवज उठाउने लगाएत जिल्लामा भएको अनैतिक कार्यको भन्डाफोर गर्न जिल्ला पार्टी सभापति ओलिले बताएका छन । काग्रेसका नेता सुशील कोइरालाले अथक मेहनतका साथ जारी गरेको र नेता शेर बहादुर देउवाले कार्यान्वयन गरेको संविधान माथ कुल्चिने अधिकार केपी ओलीलाइ नभएको भन्दै उनीहरुले खबरदारी गरेका हुन । महाधिवेशन प्रतिनिधि खड्कबहादुर डाँगीले संचालन गरेको कोण सभामा रुकुम पश्चिम जिल्ला सभापति प्रेमप्रकाश ओली, नेताहरु कृष्णबहादुर रोकाय, मिठु मल्ल, तिलक भण्डारी, मनिषा भण्डारी र रुकुम पूर्वका जिल्ला उप सभापति तेजेन्द्र खाम मगरले सम्बोधन गर्नुभएको थियो भने उक्त कार्यक्रमको संचालन महाधिवेशन प्रतिनिधि खड्कबहादुर डाँगीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *