Fri. Jun 21st, 2024

बैशाख २६।
तुल्सिपुर-९ बेलुवा स्थित सप्तरङ्गि ईंग्लिश स्कुलमा ( सक्सेस एकाडेमी ) अन्तर विद्यालय अनलाइन प्रतियोगिता सम्पन्न भएको छ। लकडाउनको समयमा घरमै रहेका विद्यार्थीहरुलाइ रचनात्मक कार्यमा संलग्न गराउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बिद्यालयका प्र.अ छबि कुमार वलीले जानकारी दिनुभएको छ।

विभिन्न तहगत रूपमा आयोजना गरिएको प्रतियोगिता माबि तह अन्तरगत निबन्ध लेखन प्रतियोगितामा प्रथम सलिना रेग्मी, द्दितिय कृष्ण भण्डारी र तृतीय लक्ष्मण बिक भएका छन् भने यस्तै माबि तहकै विषयगत चित्रकला प्रतियोगितामा प्रथम मनोज लामिछाने, द्दितिय सुस्मिता राजगुरु र तृतीय सुस्मा न्यूपाने भएकि छिन् । यस्तै निमाबि तहको विषयगत चित्रकला प्रतियोगितामा प्रथम बिनोद केसि, द्दितिय रक्षा गिरी र तृतीय मेनुका डाँगी भएकि छिन् भने सोहि तहको कविता लेखन प्रतियोगितामा प्रथम, द्दितिय र तृतीय क्रमश बिनोद केसी, रोशन खड्का र रक्षा गिरी भएको जानकारी माबि तथा निमाबि तहका कार्यक्रम संयोजक गोपाल गिरीले दिनुभएको छ।
यसैगरी प्राथमिक तह अन्तर्गत आयोजना गरिएको खुल्ला चित्रकला प्रतियोगितामा प्रथम रेनुका कंडेल, द्दितिय रमन खड्का र तृतीय स्थान स्वीकृति वलीले हासिल गर्न सफल भएकि छिन् ।त्यस्तै पुर्ब-प्राथमिक तह अन्तर्गतको खुल्ला चित्रकला प्रतियोगितामा प्रथम सामुयल कार्की, द्दितिय बालकृष्ण चन्द र तृतीय नम्रता रावल भएकि छिन् भने सोहि तहकै र्ह्याइम्स प्रतियोगितामा प्रथम, द्दितिय र तृतीय क्रमश रोजिना रोका , बालकृष्ण चन्द र सभ्यता भट्टराई भएको जानकारी प्राथमिक तथा पुर्ब-प्राथमिक तहका कार्यक्रम संयोजक निमेश डाँगीले दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *