तुलसीपुर,
१८ भाद्र । तुलसीपुर ९ बेलुवामा अवस्थित सप्तरङ्गि इङ्ग्लिश मिडियम स्कुलमा गणित परियोजना मेला सम्पन्न भएको छ । बिध्यालको प्राङगनमा आ – आफ्नो स्टलमा बसेका बिध्यार्थिको अगाडि कागज तथा विभिन्न बस्तुको प्रयोग गरि निर्माण गरिएका गणित सँग सम्बन्धीत विभिन्न समाग्रीहरुको बारेमा दर्सकहरुलाई उक्त सामग्रीहरुको गणितमा प्रयोग कसरी गरिन्छ भन्ने बारे आफ्नो कुरा भन्न व्यस्त देखिएअका बिध्यार्थिहरुको यो दृश्य सप्तरङ्गी ईंग्लिश स्कुलको हो । बिध्यालयले आयोजना गरेको उक्त प्रदशनी कार्यक्रमका सभापती बिध्यालयका प्रधानाध्यापक प्रदिप वली रहनु भएको थियो भने कर्यक्रमका प्रमुख अतिथी तुलसीपुर नगर प्याब्सनका अध्यक्ष गिरिराज डाँगी रहनु भएको थियो । यसैगरि कर्यक्रमको निर्णायक सदस्यमा मा वि दोघरेका गणित शिक्षक मेघराज पोख्रेल र शन्तिदिप इङ्लिश स्कुलका सह – प्रधानाध्यापक सरद देभकोटा रहनु भएको थियो । कर्यक्रमका प्रमुख अतिथी डाँगीले बिध्यालयले हरेक क्रीयाकलापहरुमा बिध्यार्थिहरुको सहभागिता गराउने भएकाले उक्त कार्यले बिध्यार्थिहरुको चौतर्फी विकासमा सहयोह पुगेको कुरा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्दै बिध्यालयका सह – प्रधानाध्यापक गोपाल गिरीले गणित प्रदशनिले बिध्यार्थिहरुलाई गणित सिकाई प्रती आकर्षण बढाउनका साथै सिकाई कार्यलाई सरलिकरण गर्ने कुरा व्यक्त गर्नु भएको थियो । गणित सिकाइलाई व्यबाहरिक प्रयोग संग जोडनकोलागि उक्त कार्यक्रम गरिएको बिध्यालयका प्रधानाध्यापक प्रदिप वलीले जानकारी दिनु भएको थियो । गणित प्रदशनी कार्यक्रममा कक्षा ४ देखि कक्षा ७ सम्मका बिध्यार्थिहरुलाई विभिन्न समुहमा बिभाजन गरि परियोजनाहरुको मुल्याङ्कण गरिएको थियो । कर्यक्रमको सहजिकरन बिध्यालयका शिक्षक नन्दु खरालले गर्नु भएको थियो ।
