Thu. Mar 27th, 2025

सक्सेस एकाडेमिमा सहिद दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना

तुलसीपुर १६ माघ – सक्सेस एकाडेमिले सहिद दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदानलाई सम्मान गरिएको थियो।

कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, र स्थानीय व्यक्तित्वहरूको उपस्थिति थियो। विद्यार्थीहरूले सहिदहरूको योगदानबारे रचनात्मक प्रस्तुति दिएका थिए। साथै, कविता वाचन, नाटक प्रदर्शन, र समूह चर्चा जस्ता विभिन्न गतिविधिहरू आयोजना गरिएको थियो ।

यसका साथै, विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेको थियो जसमा देश भक्ती नृत्य र संगीत पनि समावेश गरिएको शिक्षक राजेश वलीले जानकारी दिनुभएको छ । 

विद्यालयका मा. वि. संयोजक बिमल नेपालले सहिद दिवसको महत्त्वबारे चर्चा गर्दै सहिदहरूले राष्ट्रनिर्माणका लागि पुर्‍याएको योगदानलाई भावपूर्ण शब्दमा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमले विद्यार्थीहरूलाई देशप्रतिको जिम्मेवारीबोध गराउँदै सहिदहरूको बलिदानबाट प्रेरणा लिन प्रोत्साहित गरेको विद्यालयका सह – प्रधानाध्यापक गोपाल गिरिले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *