Mon. Oct 14th, 2024

१३ कार्तिक ।

सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यसको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् ।गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले उल्लेख गरेका छन् ।

उनले टुइटरमा लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *