Sun. Jan 19th, 2025

सप्तरीमा मंगलबारदेखि निषेधाज्ञा जारी हुने भएको छ। सोमबार जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै मंगलबार बिहान पाँच बजेदेखि सोमबार साँझ पाँच बजेसम्म (एक सातासम्म)का लागि निषेधाज्ञा जारी गरेको जानकारी दिएको हो। जिल्लामा अहिलेसम्म कोरोनभाइरसबाट ५ सय ३१ जना संक्रमित भइसकेका छन्। त्यस्तै संक्रमणबाट राजविराज नगरपालिकाका एक जनाको मृत्यु भएको जिप्रकाले जनाएको छ। सोमबार जिल्ला सुरक्षा समितिको बैठकले एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको हो। औषधि पसल, खाद्यान्न, फलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र लगायत अत्यावश्यक सेवाहरू भने रोकिएको छैन। जिप्रकाले निषेधाज्ञाको उल्लंघन गर्नेलाई कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *