Sun. Jun 16th, 2024

टंक मल्ल,१९ जेठ
तुलसीपुर उपमहानगरपालिका वडा नं ९ वेलुवा बस्ने समाजसेवी,नेपाली सत्गुन तथा नैतिक समाजका केन्द्रीय सचिव एवं गरिब दुखिका भगवान धन बहादुर डागीले
तुलसीपुर उपमहानगरपालिका वडा नं ३ सिरखाेला झरना टाेल बस्ने अशक्त जाेडी दलबहादुर साहु र दिलसरा साहुकाे घर निर्माणमा ३ जाेर ढाेका,२ जाेर झ्याल,ट्वाईलेट सिट र पल्ला सहयोग गरि हस्तान्तरण गर्नुभएको छ ।

विभिन्न समुदायका गरिब,असहाय विपन्न परिवारलाई सहयोग गर्दै ति समुदायका व्यक्तिहरूकाे भाेगप्यास मेट्ने जिवित भगवान बन्नुभएकाे छ ।

दियालो अनलाइन डट कम द्वारा ´´अाफु पनि बचाैं अरूलाई पनि बचाउ”भन्ने उद्देश्यले सञ्चालन गरिएको पुण्य अभियानमा हरेक पल र परिस्थितिमा साथ र सहयोग गर्दै अाउनुभएकाे छ ।

यस अनलाइनकाे अफिस सजावट तथा टेबुल खरिद गर्न समेत सहयोग गर्नुभएको छ ।

समाजसेवी , मनकारी व्यक्तित्व गरिब दुखीका जिवित भगवान् धनबहादुर डाँगीकाे उच्च मुल्यांकन गर्दै उहाँको समाज सेवा गर्ने ईच्छा शक्ति सदा प्रकट भैरहाेस भनी यस दियालो अनलाइन डट कम ले सम्मानित गरेको थियोे ।

जस्तो परिस्थितिमा पनि अाफुले सके जति सहयोग गर्दै अाउनुभएका सम्मानित व्यक्तित्व डागी प्रति अाभार प्रकट गर्दै दियालो अनलाइन डट कमका प्रधान सम्पादक दिपक वलीले कयौं धनका धनिले गर्न नसकेको काम गर्नुभएकोमा धन्यवाद समेत दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *