Mon. Feb 10th, 2025

श्रावण २८ 
तुलसीपुर उपमहानगरपालिका वडा नं ८ कट्कुईयाँ निवासी समाजसेवी मनका धनी हामी सबैका प्रिय व्यक्तित्व रमेश डि सीेले तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ गहतेमा छायाङ्कन भइरहेको सामाजिक परिघटनामा आधारित नेपाली टेलि सिरियल परम्परा छायाँङ्कन र निर्माण सहयोगार्थ रू ५,०००(पाँच हजार) नगद सहयोग गर्नुभएको छ ।
विदेशमा रहेर अफ्नो गाउँघरमा निर्माण भइरहेको उक्त सिरियल निर्माण गर्न आर्थिक अभावका कारण नरोकियोस र थप प्रभावकारी होस भनि मैले सहयोग गरेको हुँ भन्दै निज रमेश डाँगीले उक्त सहयोग गर्नुभएको हो । यस सिरियलका बजार ब्यावस्थापक तथा कलाकार मोहन चन्द (मौवा) र कैलाश चन्द (धौले)ले जानकारी गराउनुभएको छ । सात समुन्द्र पारीबाट हाम्रो कामको मूल्याङ्न गरी आर्थिक रकम सहयोग गरी हाम्रो हौसला बढाउने काम गरेकोमा यस सिरियलका कथा लेखक तथा निर्देशक द्वय देवेन्द्र के.सी.(मंगले काका) र सुशान्त मल्ल(पिस्तुले)ले ह्रदयदेखि आभार प्रकट गर्नुभएको छ । साथै यति महान काम गर्ने व्यक्तित्व डाँगी प्रति परम्परा स–परिवार सम्मान व्यक्त गर्दछौं ।

May be an image of 2 people, people sitting and indoor

Leave a Reply

Your email address will not be published. Required fields are marked *