एलिन के सी
घाेराही उपमहानगरपालिका वडा नं ८ मा अवस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय दुन्द्रामा अध्ययनरत सम्पूर्ण बालबालिकालाई तुलसीपुर उपमहानगरपालिका वडा नं ५ मा रहेको सयपत्री दाेहाेरी घरका सञ्चालक, समाजसेवी तथा सामाजिक अभियान्ता दिपक वली र उहाँको सम्पूर्ण टिमकाे उपस्थितिमा कापीकलम वितरण गरिएको छ । जसमध्ये अति विपन्न परिवारका २० जना बालबालिकालाई झाेला समेत वितरण गरिएको थियोे । विद्यालयका बाल क्लबका अध्यक्ष साेनिया के सीकाे अध्यक्षतामा औपचारिक रूपमा सुरू भएको उक्त कार्यक्रमा विद्यालयका प्रधानाध्यापक श्री मिनराज शर्मा र सम्पूर्ण शिक्षक स्टाफले सम्पूर्ण लाई स्वागत गरी भव्य सम्मान गर्नुभएको थियोे । प्रमुख अतिथि घाेराही उपमहानगरपालिका वडा नं ८ का वडा सदस्य जंग बहादुर चाैधरी,विशिष्ट अति दिपक वली ,अतिथिमा वि व्य स अध्यक्ष श्रीधर घिमिरे, पार्वती वि सी,दामोदर के सी,आशिष खड्का ,सागर के सी ,वि व्य स सल्लाहकार विमला जैसी रहनुभएकाे थियोे । उक्त कार्यक्रमको सहजीकरण शिक्षक देवेन्द्र के सीले गर्नुभएको थियोे । कार्यक्रममा सामाजिक अभियान्ता दिपक वलीले विद्यालयमा अध्ययनरत बालबालिकाकाे अवस्था निकै दयनीय र पिडादायक देखेर आफुलाई निकै भावुक बनाएको भन्दै अर्को कार्यक्रममा गरिब, विपन्न,जेहेन्दार बालबालिकालाई विद्यालय पाेसाककाे व्यवस्थापन गरिदिने समेत प्रतिबद्धता गर्नुभएको छ । यस्ता कार्यक्रम सधैं विद्यालयमा ल्याउन उपस्थित सम्पूर्ण अभिभावकले अनुरोध गर्नुभएको छ । हामी जस्ता पढ्ने ईच्छा भएका तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई तपाईं हरूले गरेको सहयोगले थप उर्जा दिएको बाल क्लबकि अध्यक्ष साेनिया के सीले खुसी हुदै धन्यवाद सहित आभार प्रकट गरेकी थिईन । तपाईंहरूकाे याे पुण्य कामले सफलता पावस सधैं सहयोगी हातहरू बढिरहुन भन्दै सम्पूर्ण विद्यालय परिवारले धन्यवाद दिएको थियोे