Wed. Apr 23rd, 2025

तुलसीपुर ।सयपत्री दोहोरी घरको आयोजनामा तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार तुलसीपुरमा नेपाल रेड क्रसको भवनमा आयोजित एक कार्यक्रममा सयपत्री दोहोरी घरका सञ्चालक दिपक ओलीको अध्यक्षता,प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशका सचिव तिलकराज ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले रक्तदान गर्नुभएको थियो।

सयपत्री दोहोरी घरले मनोरञ्जन मात्र दिने नभई रगतको अभाव भएको समयमा रक्तदान कार्यक्रम आयोजना गरेर मानबिय सेवाको काम समेत गर्छ भन्ने सन्देश दिएको प्रमुख अतिथि वलीले बताउनुभयो। सयपत्री दोहोरी घरका सञ्चालक दीपक ओलीले आज सहित आफुले ३४ पटक रक्तदान गर्न पाउदा आफुलाई खुशी लागेको बताउनुभयो छ

बोधराज विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा १५ जना ब्यक्तित्वको सहभागीता रहेको थियो। कार्यक्रमको सहजीकरण भीम ओलीले गर्नुभएको थियो। यसैगरी रगतको अभावको समयमा दोहोरी घरले गरेको आजको रक्तदान कार्यक्रमले केहि राहत पुगेको रेड्क्रस दाङ तुलसीपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *