सयपत्री दोहोरी घरद्वारा भैलो खेलेर आएको दक्षिणाले मानव सेवा आश्रममा खाद्यान्न र फलफुल सहयोग।
तुल्सीपुर-२३ कात्तिक।
दाङ जिल्लाको तुल्सीपुर वडा नं ५ दाङबाट केही समयदेखि सञ्चालन हुँदै आएको सयपत्री दोहोरी घर र दियालाे अनलाइन डटकम काे टिमले २०८१/७/१५ गते देखि तुलसीपुरका विभिन्न ठाउँमा देउसी भैलो खेलेर भैलो कार्यक्रमबाट उठेकाे दक्षिणाले तुलसीपुरमा रहेको मानव सेवा आश्रममा खाद्यान्न तथा फलफुलहरु वितरण गरेको छ। भनी सयपत्री दोहोरी घर समितिका अध्यक्ष श्री दीपक ओली बताउनुभयो । साथै हामी विभिन्न ठाउँमा छरिरहेका गरिब दुःखी ,असहाय ,विभिन्न क्षेत्रबाट पीडित, क्यान्सर पीडित, अपाङ्ग तथा अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्यले यो देउसी भैलो सञ्चालन गरिएको कुरा सोही कार्यक्रममा बताउनुभएको थियो। थुप्रै व्यक्तिहरुलाई हामीले सहयोग गर्दै आएका छौं आज पनि हामी यस मानव सेवा आश्रममा केही सक्दो खाद्यान्न र फलफुल वितरण गरिसकेकाछौं भन्ने कुरालाई राख्नुभएको थियो।
हाम्रो सयपत्री दोहोरी घरले धेरै समयदेखि विभिन्न सामाजिक उत्तरदायित्वको रूपमा विगतमा पनि यस्ता थुप्रै खालका कामहरू गर्दै आएको समितिका अध्यक्ष दीपक ओलीले बताउनुभयो। भने उहाँले भन्नुभयो यो सहयोगको उद्देश्य भनेको जसको कोही छैनन् ,जसको केही छैन ,उहाँहरूको सेवामा थोरै भएपनि धेरै समयदेखि सहयोग गर्दै आएको कुरालाई उहाँले बताउनुभएको थियो। यसैगरी विभिन्न क्षेत्रमा रहेका र दुःखमा परेका ती व्यक्तित्वहरूको लागि हाम्रो सामुदायिक भावना र मानवताको पक्षमा हाम्रो सयपत्री घर सदैव रहने कुरामा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा सहयोग स्वरूप हस्तान्तरण गरिएको खाद्यान्न फलफुलले आश्रमका सदस्यहरूको राम्रोसँग दैनिकी जीवनमा केही सजगता ल्याउने मानव सेवा आश्रममा तुलसीपुरका प्रमुख हिरु जोशीले बताउनुभयो। साथै सयपत्री दाेहाेरी घरकाे तर्फबाट आगामी दिनहरूमा पनि यस्ता थुप्रै सामाजिक कार्यहरू गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। भने यसै कार्यक्रममा करिब १५ ००० हजार बराबरको खाद्यान्न फलफुल हस्तान्तरण गरेको जनाएको छ।
भन्नुहुन्छ सयपत्री दोहोरीघरका सञ्चालक: हामीले धेरै क्षेत्रमा विभिन्न दुःखमा परेका मिर्गौला पीडित, क्यान्सर पीडित, गरिब, असहाय, लगायतका व्यक्तित्वहरूलाई सहयोग गर्दै आएका छौ र त तमाम व्यक्तिहरुले हामीलाई विभिन्न ठाउँबाट माया गरिरहनुभएको छ। हो हामीले यो मायालाई कहिले पनि मर्न दिने छैनौं। भन्ने कुरालाई राम्रोसँग व्यक्त गर्नुभएको थियो। भने यसै कार्यक्रममा तुलसीपुरका विभिन्न समाजसेवा क्षेत्रमा लाग्नुभएका थुप्रै व्यक्तित्वहरूको राम्रो सहभागिता रहेको कुरालाई बताउनुभएको थियो। अब आउँदा दिनहरूमा तमाम दर्शकहरू र देश तथा विदेशबाट आफ्नो टिमलाई सहयोग गरी ती गरिब दुःखी असहायहरुलाई सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तित्वहरूको सम्मान गर्दै आएका छौं भन्ने कुरालाई राम्रोसँग बताउनुभएको थियाे