Fri. Oct 4th, 2024

एलिन के सी
कालिकोट ः
जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका आगामि आर्थिक वर्ष २०८०।०८१ का लागि ३१ करोड बढि वजेट ल्याएको छ । शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता राख्दै गाउँपालिकाले ३८ करोड ३७ लाख ५३ हजार वजेट सार्वजनिक गरेको छ । सान्नी त्रिवेणी गाउँपालिकाको १२ औँ गाउँसभामा वजेट प्रश्तुत गर्दै गाउँपालिका अपाध्यक्ष पार्वति शिंह संज्यालले संघिय सरकारवाट ३४ करोड २९ लाख ६६ हजार ८ सय प्रदेश सरकारवाट ३ करोड ६७ लाख ६६ हजार १ सय ४४ र आन्तरिक राजश्ववाट ४० लाख २० हजार ५६ रुपैयाँ गरि जम्मा ३८ करोड ३७ लाख ५३ हजारको वजेट प्रश्तुत गर्नु भएको हो ।
शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी आगामि आर्थिक वर्षको वजेट ल्याएको उपाध्यक्ष शिंहले बताउनु भयो । देश आर्थिक मन्दी गएको वेला गाउँपालिकामा विगतको भन्दा अहिलेको वजेट घटेर आएको बताउदै जनताका आधारभुत आवश्यकता पुरा गर्नका लागि जनप्रतिनिधि रात दिन नभनि खटिदै आएको शिंहले बताउनु भयो ।
वजेटको आकार सानो भएपनि यहाँका नागरिकहरुको आधारभुत आवश्यकतालाई मध्यनजर गर्दै वजेट निर्माण गरिएको प्रमुख प्रशासकिय अधिकृत नेत्रराज शाहीले बताउनु भयो । लामो समय सम्म छलफल गरि कुन कुन क्षेत्रमा वजेट विनियोजन गर्ने र कुन कुरालाई प्राथमिकतामा राखेर वजेट तथा निति कार्यक्रम ल्याउने भन्ने विषयमा सवैसँग छलफल गरि ल्याएको शाहीले बताउनु भयो ।
यस्तै सान्नी त्रिवेणी गाउँपालिकाले पालिका भित्र रहेका ३ वटा सामुदायिक विद्यालयमा मन्टेश्वरी कक्षा संचालन गर्ने निति लिएको छ । गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष मोहन बहादुर केशीले गुणस्तरीय शिक्षाका लागि पहिलो चरणमा ३ वटा सामुदायिक विद्यालयमा मन्टेश्वरी कक्षा संचालन गर्ने बताउनु भयो । यस्तै प्रतेक विद्यालयका लेखापाल इसिडी कक्षाका शिक्षिकाहरुको तलबमा बृद्धि गर्ने, शिक्षक दरबन्दी मिलान गर्ने, र प्रधानाध्यापक परिक्षावाट नियूक्त गर्ने निति लिएको केशिले बताउनु भयो ।
यस्तै सर्व सुलभ र सहज तरिकाले स्वास्थ्य सेवा प्रदान गर्नका लागि गाउँपालिकाको ५ शैयाको आधारभुत अस्पताल। आधारभुत स्वास्थ्य केन्द्रर सामुदायिक स्वास्थ्य इकाईवाट नियमित स्वास्थ्य सेवा प्रदान गर्ने र पालिकाको ५ शैयाको अस्पताल निर्माणका लागि ७ करोड रकमवाट निर्माण कार्य सुचारु गरिने बताउनु भयो ।
सान्तीघाट देखि पालिका सम्मको सडक स्तरउन्नती र पालिका देखि रकु सम्मको सडक संचालनका लागि वजेट विनियोजन गर्ने र वडामा विनियोजन भएको प्रधानमन्त्री र मुख्यमन्त्री रोजगारको कार्यक्रमलाई सडकमा केन्द्रीत गर्ने गाउँपालिकाले निति लिएको छ ।
यस्तै गाउँपालिकाले सिँचाई, सडक, कृषि, पर्यटन, खानेपानी, राजश्व संकलनका श्रोतहरु, शहिद प्रतिष्ठान कर्यक्रम, यूवा लक्षित कार्यक्रम, सुचना तथा संचार सम्वन्धि निति, लक्षित वर्ग, प्राकृतिक विपद, वन तथा वातावरण, शुशासन, न्याय, शान्ती सुरक्षा, सहकारी, लगायतका क्षेत्रमा काम गर्ने निति लिएको छ ।
४० वर्ष भन्दा माथिका एकल पुरुषलाई भत्ता दिने, यूवाहरुलाई रोजगारीका लागि व्यवसायिक तालिमको आयोजना गरि व्यवसायमा लगाउने, उत्पादन साथमा अनुदान हातमा भन्ने निति लिएको छ । उत्कृष्ट कृषकलाई सम्मान, गोठालो भत्ता, स्थानिय उत्पादनलाई वजारीकरणका लागि कृषि मेला तथा हाट बजार लगाइने निति लिएको गाउँपालिका अध्यक्ष केशिले बताउनु भयो । त्रिवेणी पाटन र वडिमालिका मन्दीरलाई पर्यटकिय स्थलको रुपमा विकास गर्नका लागि सडकको व्यवस्थापन। पदमार्ग , यात्रु तथा पर्यटकहरुलाई वस्नका लागि धर्मशाला र होमस्टेको व्यवस्था गर्ने केशिले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *