Tue. Feb 27th, 2024

सामाजिक अभियानता दिपक वलीकाे पहलमा विपन्न परिवारलाई खाद्यान्न सहयोग

Bydipak oli

२०७८ जेष्ठ २४, सोमबार १५:५२ गते २०७८ जेष्ठ २४, सोमबार १५:५२ गते २०७८ जेष्ठ २४, सोमबार १५:५२ गते

इश्वर विसी,२४ जेठ
भजन गाउने ओठ भन्दा सहयाेगी हातहरू पवित्र हुन्छन् । काेभिड १९ राेगकाे महामारी ले विश्व अाक्रान्त भैरहेकाे परिस्थितिमा ती मनका धनी प्रियजनहरूकाे पवित्र मन र हातहरूले दिनुभएको सहयोगमा तुलसीपुर ३ टुनापानी स्थित अति विपन्न तथा गरिव परिवारलाई राहात स्वरुप खाद्यन्न र तरकारी वितरण गरिएको छ । विभिन्न दाताहरुको सहयोग तथा सामाजिक अभियान्ता तथा दियालो अनलाईनका प्रधानसम्पादक दिपक वलीको पहलमा पार्वती विकको घरपरिवारलाई खाद्यन्न वितरण गरिएको हो । सहयोगदाता तुलसीपुर ५ बस्ने प्रेम वली र प्रज्वला वलीले दिएको सहयोग बाट उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हाे ।

साथै सामाजिक अभियान्ता वलीले आगामी दिनमा सहयोगदाताहरुलाई अपिल गरी थप सहयोग गरिने बताउनुभयो ।
उहाले विभिन्न सहयोगदाताहरुको सहयोगमा अहिलेको माहामारी कारण लकडाउनले गर्दा समस्यामा परेका अति विपन्न घरपरिवारलाई राहात वितरण गदै आएको जानकारी दिनुभयो ।
हाम्रो सहयोग अभियान चलिरहेको छ हजुरहरूकाे सानो सहयोगले दुखी गरिबको पेट भर्नेछाैं ।
हाम्रो अभियानमा सहयोग गर्न चाहाने दानदाताहरूका लागि लागि ग्लोबल आई मि बैकमा रहेको गोपाल गिरि नाममा रहेको खाता नम्बर 5707010008204 साथै हाम्रो फोन नम्बर
9863152123,9866854083 मा सम्पर्क गर्न दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *