३१भदौ। सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ ।सिन्धुपाल्चोक तथा काठमाण्डौ उपत्यका सहित आसपासका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर १९ मिनेटमा राम्चे केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रकाले यो पनि २०७२ सालकै भूकम्पको पराकम्प भएको जानकारी दिएको छ । भुकम्पका कारण मानिसहरु घरबाहिर निस्किएका । क्षेतीको एकिन विवरण भने आउन बाकी रहेको छ।