Sat. May 18th, 2024
तस्बिर= रासस

२८भदौ। सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–७ मा दुइटा बस्ती बगाउने गरी शनिबार राति खसेको पहिरोमा बेपत्तामध्ये अहिलेसम्म सात जनाको शव फेला परेको छ भने अझै दुई दर्जन बेपत्ता रहेका छन् । हिजो लगातारको वर्षाको कारण राति करिब एक बजेतिर बस्तीमाथिको घट्टे खोला उर्लिंदा खसेको पहिरोमा भिरखर्कका १० र नागपुजे गाउँका सात घर पुरिएका छन् ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालका अनुसार अहिलेसम्म मृत्यु हुनेमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ र ९८ वर्षीया ट्याक्सी शेर्पा तथा भिरखर्कका २३ वर्षीया जुनु विक, २४ वर्षीय शुकलाल विक, ८ वर्षीय सन्देश विक, ६० वर्षीया सर्किनी नेवार र ६५ वर्षका धनलाल विक छन् । बेपत्ताहरुको सुरक्षाकर्मीद्वारा खोजी कार्ये जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *