Fri. Jun 21st, 2024

जेष्ठ-२३। सिराहाको मिर्चैयामा रहेको एक औषधि व्यवसायीमाथि गोली प्रहार भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया नगरपालिका–५ कटारी चोक र थाना चोकबीचमा रहेको सिद्धि मेडिकोका सञ्चालकमाथि गोली प्रहार भएको हो ।

अज्ञात समूहले शनिबार साँझ साढे ७ बजेतिर गोली प्रहार गर्दा मेडिकोका सञ्चालक ४० वर्षीय रामसागर साफी घाइते भएका छन् । उनको हातमा र तिघ्रामा गोली लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घाइते साफीको मिर्चैयामै रहेको मंगलम हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *