१६भदौ,चितवन । उपचारका लागि अस्पताल पुगेर सोमबार मृत्यु भएका चितवनका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती, ६५ वर्षीय पुरुष र खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको उपचारका क्रममा सोमबार भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।
उनीहरुको स्वाब संलकन गरेर परीक्षणका लागि पठाएकोमा सोमबार राति नतिजा आउँदा संक्रमण पुष्टि भएको हो ।