Fri. Oct 4th, 2024

स्थानीय चुनावको मतपत्रमा साना दलको पनि चिन्ह रहने
चैत १५-सिता योगी |
निर्वाचन आयोगले स्थानीय चुनावमा साना दलहरूलाई पनि आफ्नै चुनाव चिन्ह दिने भएको छ।

राष्ट्रिय मान्यताप्राप्त ६ दललाई मात्रै आफ्नै चिन्ह दिन लागेको आयोगले विरोधपछि साना दललाई पनि चिन्ह दिने भएको छ।

अब स्थानीय चुनावका लागि ६९ दलले आफ्नै चिन्ह पाउने भएका छन्।
मतपत्रमा अब साना दलका पनि आफ्नै चुनावी चिन्ह समावेश हुनेछ। आयोगले जिल्लामा पार्टी संरचनाका विवरण पेश गर्न आग्रह गरेको थियो।

जिल्लामा सक्रियताका आधारमा साना दलहरूलाई चुनाव चिन्ह दिने निर्णय आयोगले गरेको छ। दल दर्ता गर्दा राखिएका चिन्ह नै चुनावी मतपत्रमा राख्न आयोग तयार भएको छ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले आयोगबाट प्रदान गरिसकिएको निर्वाचन चिन्ह सम्बन्धित जिल्लाको मतपत्रमा समावेश गर्ने निर्णय भएको बताए।
निर्वाचनमा ८७ लाख, ४१ हजार पाँच सय ३० महिला र ८९ लाख, ९२ हजार दश जना पुरुष गरी जम्मा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाताको अन्तिम नामावली आयोगले स्वीकृत गरेको छ।

०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ।

साथै दश हजार सात सय ५६ मतदान स्थल र २१ हजार नौ सय ५५ मतदान केन्द्र रहने आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *