Fri. Jul 19th, 2024

पुस २९ स्याङ्जा – दुई बालबालिका माथि धारिलो हतियार चक्कु प्रहार भएको छ। चक्कु प्रहारबाट १६ महिने बालककाे मृत्यु भएकाे छ भने ५ वर्षिय बालिका घाइते भएकि छन।

वालिङ नगरपालिका-१० भकुण्डेमा डेरा गरी बस्ने पर्वत पैयु गाउँपालिका-५ घर भएका ३३ वर्षीय जितेन्द्र गुरुङले वालिङ नगरपालिका-१० भकुण्डे डेरा गरी बस्ने सोही नगरपालिका-१२ सिर्सिबोट घर भएकी रनमाया गुरुङको छोरा १६ महिनाको साईमन गुरुङ र उनकै छोरी ५ वर्षीया साईना गुरुङलाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका साईमनकाे प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको र ५ वर्षिय साईना गुरुङको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

साईनाकाे घाँटी, हात र शरिरमा गम्भीर चाेट रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।घटना भएपछि प्रहरीलाई खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले चक्कु प्रहार गर्ने गुरुङलाई बुधबार दिउँसो पक्राउ गरेकाे हाे।

पक्राउ परेका जितेन्द्र माथि अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायव उपरीक्षक खर्ग नारायण शाहले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *