रमेश बहादुर बुढा कालिकोट : नेपाल निजामती कर्मचारी सङठन लुम्बिनी प्रदेश का उपाध्यक्ष नवीन कुमार पाण्डेले अब देखी कुनै पनि संगठनमा नरहने कुराको जानकारी गराउनु भएको छ बिहिवार दिउँसो सामाजिक सन्जाल फेसबुक मार्फत एउटा स्टाटस लेख्दै पद बाट राजिनामा दिएको घोषणा गर्नु भएको छ । पछिल्लो समय निजामती कर्मचारी सङगठन हरु निजामती कर्मकारीको हक हित भन्दा पनि आफ्नो आफ्नो स्वार्थ मा बढि लागेको र कुनै पनि कर्मचारी हित मा काम गर्न नसकेको ले दोस को भाग लिन मात्र सङठन मा रहेर कुनै औचित्य नरहेको उहाँले बताउनु भएको छ।र आफु सङठन बाट राजिना मा दिएको बताउनु हुन्छ ।
अब आफु कुनै पनि दल को झण्डा मुनी को कर्मचारी सङठन भन्दा पनी बिसुद्द कर्मचारीका हक हित को लागी आबाज बुलन्द गर्ने स्वतन्त्र निजामती कर्मचारी सङगठनमा धेरै भन्दा धेरै कर्मचारी लाई गोलबद्द गर्न तर्फ ध्यान जाने समेतको अभिव्यक्ति दिनु भएको छ ।उपाध्यक्ष पाण्डे युवा कर्मचारी बिच निकै परिचित र निजामती कर्मचारीमा रुचाइएका कर्मचारी नेतामध्यका एक असल कर्मचारीको सुचिमा पर्ने पर्नु हुन्छ ।